वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

एमाले अध्यक्ष ओलीले आज संसदलाई सम्बोधन गर्ने

प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले एमालेबाट विशेष समयमा बोल्न अध्यक्ष ओलीको नाम आएको पनि बताए।

सत्ता साझेदार दलको मुख्य घटक एमालेले अध्यक्ष ओलीको नयाँ संसद गठनपछिको यो दोस्रो सम्बोधन हो। सत्ता साझेदारमा दरार आइरहेको बेला ओलीको यो सम्बोधनलाई चासोका साथ हेरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया