वैशाख ८, २०८१ शनिबार April 20, 2024

रबिको ठाउँमा आफूलाई निर्वाचित गर्न निर्वाचन आयोग पुगे उमेश श्रेष्ठ

निर्वाचनको बेलामा परेका उजुरीमाथि आयोगले निर्णय नगर्दा आफूमाथि अन्याय परेको भन्दै श्रेष्ठले आयोगमा दिए निवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि आफू निर्वाचित भएको घोषणा गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवन-२ मा रबिसँग पराजित भएका उम्मेदवार उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन्।

निर्वाचनको बेलामा परेका उजुरीमाथि आयोगले निर्णय नगर्दा आफूमाथि अन्याय परेको भन्दै श्रेष्ठले आयोगमा निवेदन दिएका छन्।निवेदनमा उनले चितवन-२ मा आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गरेका छन्।

प्रतिनिधि सभा निर्वाचनमा चितवन-२ बाट रबिले ४९ हजार ३ सय मत ल्याएर विजयी भएका थिए भने श्रेष्ठ १४ हजार ९ सय ८८ मत ल्याएर दोस्रो भएका थिए।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया