चैत्र १६, २०८० शुक्रबार March 29, 2024

टर्कीमा शक्तिशाली भूकम्प

टर्कीको  दक्षिण-पूर्वी स्थित गाजीयान्टापमा शक्तिशाली भूकम्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः टर्कीको  दक्षिण-पूर्वी स्थित गाजीयान्टापमा शक्तिशाली भूकम्प गएको छ। सिरियासँगको सीमा नजिकै गएको उक्त भूकम्प ७.८ म्याग्निच्युड मापन गरिएको छ ।

अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो। करिब १५ मिनेटपछि दोस्रो धक्का महसुस भएको थियो।

भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका अन्य विभिन्न सहरहरू र उक्त क्षेत्रभर महसुस भएको विवरणहरू प्राप्त भएको बीबीसीले जनाएकाे छ ।

कैयौँ भवनहरू भत्किएको र त्यहाँ केही मानिस फसेको हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया