वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले २५ गते विश्वासको मत लिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने तयारी सुरु गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिवद्धता जनाएको भन्दै रावलले २५ माघमा विश्वासको मत लिन लागेका हुन । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पुर्ववत अडानवाट पछि हटेको मुख्यमन्त्री रावलले जानकारी दिएका छन् ।

यसअघि सुदूरपश्चिम प्रदेशसभामा ७ सिटसहित निर्णायक रहेकाे नागरिक उन्मुक्ति विश्वासकाे मत दिन तयार नरहेपछि प्रदेशसभा बैठक नै अनिश्चित भएकाे थियाे।

रावलले मुख्यमन्त्रीकाे दाबी प्रस्तुत गर्दा एमालेसहित, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समर्थन गरेकाे थियाे। त्यसमा एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्य रहेका थिए।

आफ्नाे माग पूरा नभएकाले विश्वासकाे मत नदिने भन्दै नागरिक उन्मुक्ति पछि हटेपछि मुख्यमन्त्रीले विश्वासकाे मत लिन सकेका थिएनन्। तर आइतबार रेशम चाैधरीकाे मुद्दाकाे सुनुवाइका क्रममा सर्वाेच्च अदालतकाे सकारात्मक निर्णय आएकाले नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धन प्रति सकारात्मक देखिएकाे छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
२०८१ वैशाख ८, शनिबार
नागेल्सम्यान २०२६ को विश्वकपसम्म जर्मनीको प्रशिक्षक रहने
२०८१ वैशाख ८, शनिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
२०८१ वैशाख ७, शुक्रबार
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरे : काँग्रेस
२०८१ वैशाख ७, शुक्रबार
काठमाण्डौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?
२०८१ वैशाख ७, शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान
२०८१ वैशाख ७, शुक्रबार
बाबुरामको पार्टीले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने
२०८१ वैशाख ७, शुक्रबार