असार २३, २०८२ सोमबार July 7, 2025

शक्तिशाली भूकम्पपछि टर्कीमा संकटकाल घोषणा

टर्कीको राजधानी अंकारा र लेबनान, सिरिया, साइप्रसलगायत अन्य सहरमा पनि भूकम्पको धक्का महसुस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः टर्कीमा सोमबार बिहान शक्तिशाली भूकम्प गएपछि त्यहाँको सरकारले संकटकाल घोषणा गरेको छ। बीबीसी टर्की सेवाका संवाददाताबाट प्राप्त जानकारीअनुसार भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाली सीमानजिकै गाजियनटेपको कहानमारास नजिक ७.८ म्याग्निच्युडको पहिलो भूकम्प महसुस गरिएको थियो।

यूएसजीएसले यहाँ जनधनको क्षति हुने सम्भावना रहेको जनाएको छ। समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको पहिलो धक्का स्थानीय समयानुसार बिहान ४.१७ बजे गएको थियो।

यसको १५ मिनेटपछि मध्य टर्कीमा भूकम्पको दोस्रो धक्का महसुस गरिएको थियो। टर्कीको राजधानी अंकारा र लेबनान, सिरिया, साइप्रसलगायत अन्य सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार