असार २४, २०८२ मंगलबार July 8, 2025

रिपोर्टमा शंका उत्पन्न भएपछि जनकपुरमा पीसीआर प्रयोगशालामा स्वाब परीक्षण बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रादेशिक अस्पताल जनकपुरधामस्थित पीसीआर प्रयोगशालामा स्वाब परीक्षण बन्द भएको छ। पीसीआर प्रयोगशालाको रिपोर्टमा शंका उपशंका उत्पन्न भएपछि तत्कालका लागि प्रयोगशाला बन्द गरिएको हो।

गत बिहीबार एक युवकको जनकपुरमा दुई पटक गरिएको स्वाब परीक्षणमा नेगेटिभ देखाए पनि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पोजिटिभ रिपोर्ट आएपछि परीक्षण बन्द गरिएको हो।

सर्लाहीको धनकौल गाउँपालिकाका एक १४ वर्षीय किशोरको जनकपुरमा दुई पटक नेगेटिभ रिपोर्ट आएको थियो। तर, काठमाडौंको प्रयोगशालामा पोजिटिभ नतिजा आएपछि पीसिआर मेसिनको विश्वसनियता माथि प्रश्न उठाउँदै चेकजाच बन्द गरिएको प्रयोगशाला निमित्त निर्देशक रामविनय साहले जानकारी दिएका छन।

प्रादेशिक अस्पताल जनकपुरमा अहिलेसम्म जाँच गरेका सयभन्दा बढी स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार फरक नतिजा आएपछि ति सबै नमुना शंकाको घेरामा परेका छन्।

‘जनकपुर र काठमाडौंमा फरक नतिजा आउनुमा पीसीआर मेसिन प्रमुख कारक हो, कम गुणस्तरको मेसिन जडान हुँदा भरपर्दो नतिजा आउन सकेन’, निर्देशक साहले भने, ‘अब हामीले परीक्षण गरेको सयभन्दा बढी नतिजामाथि समेत प्रश्न उठेको छ।’

साहले सर्लाही किशोरको घटनामा दुई पटक स्वाब परीक्षण गरेको बताउँदै भने, ‘दुवै पटकको नेगेटिभ रिपोर्ट थियो, तर टेकुले पोजिटिभ भन्यो, हामीले सयभन्दा बढी स्वाब परीक्षण गरिसकेका छौं, तर यहाँको रिपोर्ट र काठमाडौंको रिपोर्टमा फकरपना आयो, सही परिणाम नदिने मेसिनमा परीक्षण गर्नुको कुनै अर्थ छैन।’

निमित्त निर्देशक साहले यसअघि १५ स्थानमा जडान गरिएको एकै प्रकारको उपकरण मेसिन हटाएर बढी क्षमता भएको पीसीआर जडान भएपनि प्रादेशिक अस्पतालमा पुरानैको भरमा काम चलाउनु सरकारको कमजोरी भएको बताएका छन। उनले भने, ‘नयाँ मेसिन जडान गर्न सरकारलाई जानकारी गराइसकेको छु, कार्यान्वयन कहिले हुन्छ, थाहा छैन्।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार