असार २४, २०८२ मंगलबार July 8, 2025

वीरगञ्जमा उपचाररत चार जना कोरोना संक्रमितको तेस्रो रिपाेर्ट नेगेटिभ, डिस्चार्जको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको आइसोलेशन कक्षमा उपचार गराइरहेका चार जना कोरोना संक्रमितको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्जको तयारी गरिएको छ।

यद्यपि नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन कुमार उपाध्यायले ‌भने औपचारिक जानकारी आइनसकेको बताएका छन। ‍‌औपचारिक जानकारी आएलगत्तै चारै जनालाई डिस्चार्ज गर्ने तयारी भएको उपाध्यायले बताएका छन।

उनीहरुको दोस्रो रिपोर्ट पनि नेगेटिभ नै आएको थियो। तेस्रो परीक्षणको लागि शुक्रबार चारै जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको थियो।

‘हामीसँग भएका पाँचमध्ये चारजनाको सेकेण्ड फलोअपमा निगेटिभ आयो। अर्को फलोअपको सेम्पल हिजो पठाएका थियौँ। तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि हामी उहाँहरुलाई घर पठाउने तयारीमा हामी जुटेका छौँ।’

हाल नारायणी अस्पताललमा पाँच जना कोरोना संक्रमितको उपचार भइरहेको छ। त्यस मध्ये तीनजना भारतीय मुस्लिम धर्मगुरु, एक जना रौतहटका युवक र एक जना सर्लाहीका किशोर रहेका छन्।

उनीहरुलाई शनिबार साँझसम्म अथवा आइतबार बिहानसम्म डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. उपाध्यायले बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार