काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संघीय संसदका सदस्यहरुका लागि रात्रीभोजको कार्यक्रम आयोजना गरेकी छिन्। राष्ट्रपति कार्यालय शितल निवासमा शनिवार अपराह्न साढे ३ बजेदेखि कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको सुरुमा राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले सरकारका प्रधानमन्त्री मन्त्री तथा सांसदहरु लगायतलाई स्वागत मन्तब्य राख्ने, त्यसपछि सांस्कृतिक कार्यक्रम गर्ने र साँझ रात्रीभोज गर्ने कार्यतालिका रहेको छ।
सो कार्यक्रममा सरकारका मन्त्रीहरु, संघीय संसदका दुबै सदनका सांसदहरु, संवैधानिक आयोगका पदाधिकारी लगायतलाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि देशमा ७ वर्ष राष्ट्रपतिको रुपमा भूमिका निभाएकी छिन्।
आउँदो फागुन २५ गते नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ। विदा हुने तरखरमा रहेकी भण्डारीले नवनिर्वाचित सांसदहरुका लागि रात्रीभोजको कार्यक्रम राखेकी हुन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया