कार्तिक २९, २०८३ आइतबार November 15, 2026

‘व्यवस्था परिवर्तनमा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका’ – सञ्चारमन्त्री

राष्ट्रपतिको निर्वाचनमा विभिन्न विषय देखिएको भए पनि राष्ट्रिय सहमतिको आधारलाई केन्द्रमा राखेर निर्णय गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा व्यवस्था परिवर्तन गर्न पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । अहिलेको व्यवस्था ल्याउन नेपाली सञ्चार जगतको योगदान भुल्न नहुने उहाँको भनाइ छ ।

पत्रकार महासंघ लुम्बिनी प्रदेशले राजधानी देउखुरीमा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री शर्माले राष्ट्रपतिको निर्वाचनमा विभिन्न विषय देखिएको भए पनि राष्ट्रिय सहमतिको आधारलाई केन्द्रमा राखेर निर्णय गरिने बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले अनलाइन सञ्चार माध्यमलाई नियमन गर्ने कानुन बनाउने तयारी रहेको बताउनुभयो । सञ्चार क्षेत्रमा रहेका केही जटिल विषयहरूलाई अध्ययन गरी सुधार गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घका प्रदेश अध्यक्ष वसन्त गिरीले विज्ञापन बोर्डले मोफसलका सञ्चार माध्यमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । अध्यक्ष गिरीले प्रदेशमा रहेका सञ्चार क्षेत्र र पत्रकारको बारेमा जानकारी दिनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार