असार २४, २०८२ मंगलबार July 8, 2025

र्‍यापिड टेस्टमा लगातार तीनपटक पोजेटिभ देखिएकी युवतीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज । कोरोना संक्रमण पहिचानका लागि आरडिटी परीक्षण गर्दा लगातार तीनपटक पोजेटिभ देखिएकी वीरगञ्जकी एक युवतीको आइतबार बिहान मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकबाटिका टोलकी २३ वर्षीया एक युवतीको ज्यान गएको हो ।

आरडीटी परीक्षणमा लागातार तेस्रो रिपोर्ट पोजेटिभ देखिएको ती युवती ब्लड क्यान्सर रोगबाट पनि पीडित थिइन् । उनको भरतपुर अस्पतालमा उपचार हुँदै आएको थियो ।

शनिबार बिहानैदेखि युवतीको स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले उनलाई वीरगञ्जमै रहेको तराई हस्पिटलमा लगेका थिए । युवतीको कारोना टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएपछि नारायणी अस्पतालका चिकित्सकको टोली त्यहाँ पुगेको थियो ।

लगत्तै सो टोलीले पनि युवतीको आरडिटी टेष्ट गर्दा पोजेटिभ नै देखिएको थियो । लगातार तीनवटा रिपोर्ट पोजेटिभ आएपछि युवतीलाई नारायणी अस्पतालमा ल्याउनेक्रममा आईतबार बिहान ज्यान गएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायको भनाई छ ।

उपाध्यायका अनुसार मृत्युको कारण यकिन गर्नको लागि युवतीको थ्रोट स्वाब संकलन गरि पिसिआर परीक्षणको लागि हेटौँडास्थित प्रयोगशालामा पठाइएको छ । मृतक युवतीको शवलाई अहिले नारायणी अस्पतालमै राखिएको छ ।

युवतीको घर रहेको अशोकबाटिका क्षेत्रमा प्रहरीले अहिले सुरक्षा व्यवस्था कडा पारेको छ । आवतजावतमा पूर्ण रुपमा रोक लगाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार