काठमाडौंः नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा यो भेटवार्ता भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्भावित निकट भारत भ्रमणका वातावरण बनाउन भारतीय विदेश सचिव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर काठमाडौं ओर्लिएको बताइएको छ । उनको यो भ्रमणले आपसी सम्बन्धले थप उचाई लिने दुवै देशका परराष्ट्र मन्त्रालयले जनाएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया