काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ । विदेश सचिव क्वात्रा कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।
भेटमा दुवै मुलुकबीचको सम्बन्धलाई बलियो बनाउन द्विपक्षीय हित र चासोबारे उनीहरूबीच कुराकानी भएको थियो । भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।
यसअघि क्वात्राले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेतासँग भेटवार्ता गरेका थिए ।
दुई दिनका लागि नेपाल भ्रमणमा रहेका सचिव क्वात्रा काठमाडौं आएलगत्तै दुई देशबीच परराष्ट्र सचिवस्तरीय वार्तासमेत भएको थियो । उनी आजै स्वदेश फर्किने कार्यक्रम छ । यसअघि क्वात्रा नेपालका लागि भारतीय राजदूत थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया