भाद्र २८, २०८३ आइतबार September 13, 2026

सिरियामाथि लगाइएका सबै एकपक्षीय प्रतिबन्ध हटाउन अमेरिकालाई चीनको आग्रह

सिरियामाथि लगाइएको सबै अवैध एकपक्षीय प्रतिबन्ध तुरुन्त हटाउन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार संयुक्त राज्य अमेरिकालाई सिरियामाथि लगाइएका सबै गैरकानूनी एकपक्षीय प्रतिबन्धहरू तत्काल हटाउन र मानवीय प्रकोप सिर्जना गर्ने कार्य बन्द गर्न आग्रह गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाले हालै सिरियालाई जारी प्रतिबन्धका बाबजुद छ महिनालाई प्रतिबन्ध खुकुलो बनाउने जनाएको छ । प्रवक्ताले अस्थायी राहतको राजनीतिक प्रदर्शन गर्नुको सट्टा अमेरिकी सरकारले सिरियामाथिको एकपक्षीय प्रतिबन्ध पूर्णरूपमा तुरुन्तै हटाउनुपर्ने बताउनु भएको हो ।

प्रवक्ता वाङले सिरियामा लगातार सैन्य हस्तक्षेप र गैरकानुनी एकतर्फी प्रतिबन्ध लगाएको र यसले सिरियाको अर्थतन्त्र र जनताको जीविकोपार्जनमा गम्भीर सङ्कट थपेको भन्दै प्रकोपसँग जुध्ने क्षमतालाई निकै कमजोर बनाएको पनि वाङले जनाउनुभएको छ ।

उहाँका अनुसार भूकम्पपछि अमेरिकी पक्षले लगाएको एकतर्फी प्रतिबन्धले सिरियामा पहिलो ७२ घण्टामा उद्धार कार्यमा बाधा पु¥याएको थियो ।

“हामी अमेरिकी पक्षलाई भूराजनीतिक जोडघटाउलाई पन्छाएर सिरियामाथि लगाइएको सबै अवैध एकपक्षीय प्रतिबन्ध तुरुन्त हटाउन र जानाजानी मानवीय प्रकोपहरू सिर्जना गर्न बन्द गर्न आग्रह गर्दछौँ,” वाङले भन्नुभयो ।सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार