काठमाण्डौंः कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले राष्ट्रपति नेकपा एमालेबाट नै खोजीरहेको बताएकी छन् । माओवादी केन्द्रको समेत सहमति भएकाले राष्ट्रपति नेकपा एमालेबाट नै हुने उनले दाबी गरिन् ।
शुक्रबार महोत्तरीको बर्दिबासस्थित आर्थिक करिडोरको कार्यालय अनुगमनका क्रममा मन्त्री साहले राष्ट्रपति नेकपा एमालेबाट नै वनाउने सम्बन्धमा साझा सहमति रहेको खुलासा गरिन् ।
‘सहमतिनुसार नै राष्ट्रपति वन्ने र त्यो नेकपा एमाले पाटीवाट नै हुनेछ’ उनले भनिन्, ‘गठबन्धन बन्नुभन्दा पहिला नै सहमति वनेको हो ।’
मिडियामा आएजस्तो गठबन्धनमा कुनै समस्या नरहेको पनि उनले प्रष्ट बनाएकी छन्। गठबन्धनमा कुनै खटपट नरहेको जिकिर गर्दै मन्त्री साहले यो सरकार साझा सहमतिवाट नै वनेको हुनाले कुनै समस्या नरहेको उनको भनाइ छ।
कृषि देखि जन्तासगँ जोडिएका आधारभुत आवस्यक्ताहरुलाई पुर्णता दिन पनि राष्ट्रिय सहमतिको सरकारको जरुरत भएको मन्त्री साहले बताएकी छन्।
राष्ट्रपति एमालेबाट नै बन्ने सहमति भएकाले उक्त सम्झौतामा गठबन्धन अडिग रहनेमा पनि मन्त्री साहले बिस्वास ब्यक्त गरिन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया