मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

युक्रेनलाई समर्थन गर्न जी-७ राष्ट्रहरू सहमत

मस्कोलाई अन्तरराष्ट्रिय कानून बमोजिम जवाफदेही बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सात राष्ट्रहरूको समूह (जी-७) का विदेश मन्त्रीहरूले युक्रेनलाई समर्थन जारी राख्न र रुसमाथि थप प्रतिबन्धहरू लगाउन सहमत भएका छन् । रुस-युक्रेन युद्ध शुरु भएको एक वर्ष पुग्न लागेको सन्दर्भमा विकसित देशहरूको समूहले सो निर्णय गरेको एनएचके वर्ल्ड न्युजले उल्लेख गरेको छ ।

जापानले शनिबार जर्मनीको म्युनिखमा जी-७ को बैठक आयोजना गरेको  छ ।  जुन बैठकमा अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनका बीच यस किसिमको छलफल भएको छ । बैठकमा युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबालाई पनि निमन्त्रणा गरिएको थियो । “मैले जापानी विदेशमन्त्री हायासी योशिमासाको निमन्त्रणामा जी-७ मन्त्रीस्तरीय बैठकमा भाग लिएको थिएँ।
हामीले सन् २०२३ मा युक्रेनको विजयका लागि आवश्यक सबै कुरामा ध्यान केन्द्रित गरेका थियौं। त्यहाँ हतियारहरूको द्रुत प्रसार र नयाँ प्रतिबन्धहरू हुनेछन् जसबाट रूसले हामी प्रतिवाद गर्न थाक्ने छैनौं भन्ने आक्रामकताको महसुस गर्नेछ ।” दिमिट्रो कुलेबाले शनिबार ट्वीट गरेका छन् ।

विदेशमन्त्रीहरूले रुसलाई समर्थन गर्ने देशहरूलाई त्यसो नगर्न  समेत आग्रह गरेका छन् । प्रतिवेदनका अनुसार उनीहरूले युक्रेनमा नागरिक र प्रमुख पूर्वाधार सुविधाहरूमा निरन्तर आक्रमण गरेकामा रूसको निन्दा पनि गरेका छन्। उनीहरूले मस्कोलाई अन्तरराष्ट्रिय कानून बमोजिम जवाफदेही बनाउने पनि बताएका छन् ।

न्युजका अनुसार हयासीले प्योङयाङको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण प्रक्षेपणको अभूतपूर्व दरले जापानको सुरक्षा र अन्तरराष्ट्रिय शान्ति र सुरक्षाको लागि गम्भीर चुनौती खडा गरेको बताएका छन् ।

जापान यस वर्षको जी-७ को अध्यक्ष हो । जापानले मे महिनामा हिरोशिमामा जी-७ शिखर सम्मेलन आयोजना गर्ने तयारी गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार