कार्तिक २९, २०८३ आइतबार November 15, 2026

प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण कतारबाट हुने

प्रधानमन्त्री दाहाल फागुन २० गते कतार जाने निश्चित्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालको पहिलो विदेश भ्रमण कतार हुने भएको छ । प्रधानमन्त्री दाहाल फागुन २० गते कतार जाने निश्चित् भएको उनको सचिवालयले जनाएको छ । उनी विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन दोहा जाने भएका हुन् । दुई दिने भ्रमणको लागि उनी त्यसतर्फ जान लागेका हुन् । उनी फागुन २२ गते नै काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत हुनसक्ने बताएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा उनले आफ्नो पहिलो विदेश भ्रमण भारत हुनसक्ने खुलासा गरेका थिए । योबीचमा भारतीय विदेशसचिव विनयमोहन क्वात्राले पनि नेपाल भ्रमण गरेका थिए । उनले प्रधानमन्त्री दाहाललाई उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिने बताएका थिए ।

प्रधानमन्त्री दाहालको सचिवालयले जनाएअनुसार कतारको दोहामा हुने सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता रहनेछ । प्रधानमन्त्री दाहालले आजमात्रै विदेश मामिला सल्लाहकारमा डा. रुपक सापकोटालाई नियुक्त गरेका छन् । सापकोटाले चीनको प्रसिद्ध विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार