कार्तिक २९, २०८३ आइतबार November 15, 2026

बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त ढकाललाई रिहा गर्न सर्वाेच्चकाे आदेश

शोभाकान्त ढकाललाई रिहा गर्न सर्वाेच्च अदालतको आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्तमध्येका एक शोभाकान्त ढकाललाई रिहा गर्न सर्वाेच्च अदालतले आदेश दिएकाे छ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तीलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्क्षीकरणकाे रिटमा यस्तो आदेश दिएको हो। यस मुद्दामा थुनामा रहेका उनी एक मात्र अभियुक्त थिए।

२७ माघ २०७७ मा ललितानिवास जग्गा प्रकरणमा विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

यो आदेशविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए। तर, न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले उनलाई थुनामुक्त गर्ने विषयमा ०७८/०१/२४ मा फैसला गरे पनि राय बाझिएको थियो।

ललितानिवास मुद्दामा उनीमाथि २ वर्ष कैद सजाय माग गरिएकोमा २८ माघमै उनी पुर्पक्षका लागि जेल चलान भएको २ वर्ष पुगिसकेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार