चैत्र १६, २०८० शुक्रबार March 29, 2024

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए दुई तिहाई विश्वासको मत

मुख्यमन्त्री शाहलाई कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीका सांसदले विश्वासको मत दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । ५३ सदस्यीय प्रदेश सभामा ५२ सदस्य उपस्थित हुनुहुन्थ्यो । मुख्यमन्त्री शाहले ४१ मत पाउनुभएको छ भने विपक्षमा ११ मत खसेको छ । शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत जुटाउन नसकेर पदमुक्त हुनु भएपछि उपधारा (३) बमोजिम ठूलो दलको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्री बनेका थिए ।

शाहलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदले विश्वासको मत दिएका छन् ।

मुख्यमन्त्री शाहलाई नेकपा (एमाले) र राप्रपाले विश्वासको मत नदिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया