कार्तिक २९, २०८३ आइतबार November 15, 2026

नेपाल सांस्कृतिक विविधताको अनुपम सङ्गम : प्रदेश प्रमुख परियार

होलीले समाजमा विकृत चिजको निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य एवं न्यायपूर्ण समाज निर्माण गर्न प्रेरणा देओस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपाल सांस्कृतिक विविधताको अनुपम सङ्गम भएको बताउनुभएको छ ।

प्रमुख परियारले आज एक शुभकामना सन्देश जारी गर्दै नेपाल जातीय, धार्मिक तथा सांस्कृतिक विविधताको अनुपम सङ्गम भएको उल्लेख गर्नुभयो । सन्देशमा रङको पर्व होलीले असत्यमाथि सत्यको अवश्यम्भावी विजय हुन्छ भन्ने बलियो उदाहरण प्रवाह हुँदै आएको उल्लेख छ ।

प्रदेश प्रमुख परियारले विविध संस्कृतिको इन्द्रेणीका रूपमा रहेको नेपाली समाजमा होलीले आपसी सद्भाव, मेलमिलाप, बन्धुत्व, सहिष्णुता, आत्मीय भावनामा अभिवृद्धि गर्दै राष्ट्रिय एकता थप सुदृढ गर्न सहयोग पुर्‍याएको बताउनुभएको छ ।

होलीले समाजमा विकृत चिजको निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य एवं न्यायपूर्ण समाज निर्माण गर्न प्रेरणा देओस् भन्दै उहाँले फागुपूर्णिमा (होली) पर्व, २०७९ को अवसरमा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र आरोग्यताको कामना गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार