काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको छ। पेसी ट नम्बरमा पालो रहेको छ ।
बिहीबार तोकिएको पेसी हेर्न नभ्याउने हुँदै शुक्रबारका लाागि सरेको थियो। १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको समयमा भएका व्यक्तिको मृत्युमध्ये पाँच हजारको जिम्मा आफूले लिने भनेपछि दाहाल विवादमा तानिएका थिए ।
द्वन्द्वपीडित परिवार एवं अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दाहाल विरुद्ध रिट दायर गरेका हुन्। उनीहरुले मंसिर ४ को निर्वाचनमा प्रधानमन्त्री प्रचण्डलाई रोक लगाउनुपर्ने माग सहित रिट पेस गरेका थिए ।
तत्कालीन समयमा अदालत प्रशासनले दरपिठ गरेको थियो। दरपिठ विरुद्ध दिइएको निवेदनमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले दर्ता गर्न आदेश गरेको थियो। उक्त आदेशपछि मंगलबार रिट दर्ता भएको थियो ।
शुक्रबार सुनुवाइ हुँदै आदेश जारी गरेमा मुद्दा अघि बढ्नेछ। इजलासले रिट खारेज गरेमा विवाद समाप्त हुनेछ। सर्वोच्चमा मुद्दा अघि बढेपछि सरकारले हतारहतार बेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण आयोगको संशोधन विधेयक दर्ता गराएको छ। बिहीबार नै उक्त विधेयक संसद् सचिवालयमा दर्ता गरिएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया