कार्तिक २९, २०८३ आइतबार November 15, 2026

जग्गाको कम मूल्याङ्कन गरी राजश्व छली गरेको अभियोगमा वडाअध्यक्ष मैनाली विरुद्ध मुद्दा दायर

स्थानीय गौरीकुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध पनि समान रु नौ लाख ३६ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपश्चिम राजमार्गमा जोडिएको जग्गाको कम मूल्याङ्कन गरी राजश्व छली गरेको अभियोगमा हरिवन नगरपालिका-१० सर्लाहीका वडाअध्यक्ष शम्भुप्रसाद मैनालीसमेत तीन जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार राजमार्गसँग जोडिएको जग्गाको न्यूनतम मूल्यभन्दा कम राखी रजिष्ट्रेशन पास गरी हिनामिना गरेको अभियोगमा वडाअध्यक्ष मैनाली विरुद्ध रु नौ लाख ३६ हजार बराबरको बिगो दावी गर्दै आज मुद्दा दायर गरिएको हो।

यस्तै, आयोगले स्थानीय गौरीकुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध पनि समान रु नौ लाख ३६ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ।

त्यस्तै आयोगले आजै सरकारी साक्षीका रुपमा पेश गरिएको बाबा कृष्णाराम पशुफार्म सप्तरीका सञ्चालक बेचन यादव मगरदैताविरुद्ध रु २१ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ।

विशेष अदालतमा गरेको बकपत्रमा अनुसन्धान हुँदा सरकारी साक्षीले बयानको क्रममा गलत बकपत्र गरेको पुष्टि भएकाले विशेष अअदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार