पर्सा । वीरगञ्ज महानगरपालिकाको छपकैयाका थप एक जना युवकमा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया टोलका ३६ बर्षिय पुरुषमा आईतबार कोरोनाको सँक्रमण पुष्टि भएको हो।
उनलाई उपचारको लागि नारायणी अस्पतालमा आईतबार दिउसो ल्याइएको छ।
संक्रमित युवकको स्वाब सँकलन गरि राष्ट्रिय जन स्वास्थय प्रयोगशाला टेकुमा पठाइएको थियो । सँक्रमित युवकलाई उपचारको लागि नारायणी अस्पतालको आईसोलेशन कक्षमा भर्ना गरिएको छ।
योसँगै पर्सा जिल्लामा मात्रै कारोना संक्रमित भएकाहरुको संख्या चार पुगेको छ भने नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६० पुगेको छ।
यसअघि महानगरकै छपकैया ,घुसुकपुर र ईनर्वाका एक-एक जना गरि तीन जनामा कारोना भाईरसको सँक्रमण भेटिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया