कार्तिक २९, २०८३ आइतबार November 15, 2026

उपराष्ट्रपति निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

उमेदवारविरुद्ध परेको उजुरीउपर आज जाँचबुझ गरि उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः निर्वाचनका आयोगले आज उपराष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएकाे छ। उमेदवारविरुद्ध परेको उजुरीउपर आज जाँचबुझ गरि उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ।

उमेदवारको मनोनयन दर्ता गरिएको भोलिपल्ट आज उमेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उमेदवारी परेको छ। गठबन्धनबाटै रष्ट्रिय जनमत पार्टीबाट ममता झाले पनि उम्मेदवारी दिएकी छन्। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यको गरी चार जनाको उमेदवारी परेको छ।

राष्ट्रपति पदमा पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति छुट्टै लिंगको हुनु पर्ने संवैधानिक प्रावधान कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपा एमाले र जनमत पार्टीकी उम्मेदवारद्वयले रामसहायप्रसादको उमेदवारी खारेजको मागसहित उजुरी दिएका छन् ‍।

उपराष्ट्रपति चयनका लागि चैत ३ गते बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म मतदान हुने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार