असार २४, २०८२ मंगलबार July 8, 2025

नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्याे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज । नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल स्रोतका अनुसार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

थप संक्रमितको बारेमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकिएको स्रोतले बतायो।

यसअघि आजै नेपालगञ्जमा ९ र बारामा एक जना कोरोना संक्रमित भेटिएका थिए। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छन्।

बाँकेको नेपालगञ्जमा आइतबार एकैदिन १५ जना नयाँ संक्रमित भेटिएका हुन्। बाँकेमा कुल संक्रमितको संख्या १६ पुगेको छ।

संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेका अन्यको खोजी भइरहेको छ।

वैशाख १७ गते फूलबारी मस्जिदमा जाँच गर्दा एक जना ६० वर्षीय पुरुषमा कोरोना देखिएपछि उनको घर, उनी जाने मस्जिद र पढाउने मस्जिदलाई सिल गरिएको थियो।

संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको खोजी गरी स्वाब परीक्षण गर्दा नयाँ संक्रमितहरु फेला परेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार