श्रावण ११, २०८३ सोमबार July 27, 2026

सङ्घीयता कार्यान्वयन गर्न तीनै तहका सरकारले मानसिकता बदल्नुपर्छ : पूर्वमुख्यमन्त्री रावल

सङ्घीयता कार्यान्वयनको सन्दर्भमा तीनै तहले मानसिकता बदल्न जरुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुलुकले पहिलोपटक सङ्घीयताको अभ्यास गरेकाले सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट तथा समन्वयमा केही समस्या र कमीकमजोरी देखिएको बताएका छन् ।

प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे राष्ट्रिय समाचार समिति राससको जिज्ञासामा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा आगामी दिनमा अभ्यस्त भई सुधार हुँदै जाने विश्वास व्यक्त गरे । निवर्तमान मुख्यमन्त्री रावलले भने, ‘सङ्घले अधिकार दिन अझै आनाकानी गरिरहेको छ, प्रदेश प्रहरी र प्रशासनिक संयन्त्रमा उसकै नियन्त्रण कायमै छ । सङ्घीयता कार्यान्वयनको सन्दर्भमा तीनै तहले मानसिकता बदल्न जरुरी छ ।’

नेकपा एमालेका पोलिटब्युरो सदस्य रावलले देशमा तीन तहको सरकारको अभ्यास हुने अवसर प्राप्त हुने विषयमात्रै पनि नेपाल र नेपालीका लागि सुखद् र सकारात्मक विषय रहेको टिप्पणी गरे । उनले भने, ‘तीन तहका सरकारको अभ्यास गर्ने क्रममा अधिकारको निक्षेपण पहिला नभएकाले अवधारणा राम्रो भए पनि संविधान कार्यान्वयन र अधिकार बाँडफाँटको सन्दर्भमा छिटोछरितो ढङ्गले अघि जान सकेनाैँ ।’

हालसम्मका अभ्यासले संविधान कार्यान्वयनको पक्ष उपलब्धिमूलक नै रहेको उल्लेख गर्दै एमाले सुदूरपश्चिम प्रदेशका सहइञ्चार्ज समेत रहेका रावलले अधिकार र सेवामा पहुँचको विषयसँग जोडेर सिंहदरबारको अधिकार गाउँमा पुर्‍याउँछाैँ भनिए पनि त्यो कार्यान्वयनमा अझै कतिपय चुनौती कायमै रहेको उल्लेख गरे । एक महिना सुदूरपश्चिम प्रदेशको नेतृत्व गरे पनि विश्वासको मत प्राप्त नगरेपछि बाहिरिएका रावलले भने, ‘हाम्रा चरित्र लोकतान्त्रिकृत हुनसकेका छैनन् । पद र प्रतिष्ठा प्राप्तिका लागि सङ्घीय अभ्यास दुरुपयोग भएको देखियो ।’

सङ्घले प्रजातन्त्रको मूलमन्त्र लोकतान्त्रिक पक्ष र शासकीय विषयलाई ठीक ढङ्गले अघि बढाउन नसकेको आरोप लगाउँदै उनले भ्रष्टाचारविरुद्धको शून्यसहनशीलता कायम गराउन प्रयत्न भए/भएनन् भन्ने एउटा जबर्जस्त प्रश्न रहेकाले त्यसतर्फ गम्भीर हुन जरुरी रहेको बताए ।

प्रदेशले पहिलो कार्यकालमा नै ऐन, कानुनको निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै पूर्वमुख्यमन्त्री रावलले आमजनतालाई विकास निर्माणको प्रत्याभूति दिलाउन संरचनागत सुधार र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको जानकारी दिए ।

उनले भने, ‘बहुवर्षीय योजनाका नाममा हुने रकमको दुरुपयोग र ढिलासुस्ती अन्त्यका लागि तीन तहकै सरकारबीच सहमति, सहकार्य, समन्वयका साथ कोर्ष करेक्सन गर्नैपर्ने स्थिति रहेको आभाष भएको छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
२०८३ श्रावण ११, सोमबार
जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…
२०८३ श्रावण ११, सोमबार
अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
२०८३ श्रावण ११, सोमबार
आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
२०८३ श्रावण ११, सोमबार