कार्तिक २९, २०८३ आइतबार November 15, 2026

लायन्स अन्तर्राष्ट्रिय “डिष्ट्रिक्ट ३२५ के” नेपालको पहिलो कन्भेन्सनको सम्पूर्ण तयारी पुरा

शनिबार पोखरामा हुने कन्भेन्सनको गण्डकी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको पहिलाे कन्भेन्सन यही चैत ४ गते शनिबार पोखरामा हुने भएको छ । पोखरा सभागृहमा हुने सो कन्भेन्सनमा डिष्ट्रिक्ट अन्तर्गतका करिब १५ सय लायन्सहरुको सहभागिता रहने डिष्ट्रिक्ट गर्भनर राजेन्द्रकुमार बाटाजुले बताएका छन् ।

उक्त कन्भेन्सनकाे गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एक समारोहका बीच समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा पाेखरा महानगरपालिकाका मेयर एवं पूर्व डिस्ट्रिक्ट गर्भनर धनराज आचार्य, लायन्स अन्तर्राष्ट्रियका पिआइडी लायन सन्जय खेतान, लायन प्रबिन छाजेद, आइडी इन्डाेर्सी लायन बालकृष्ण बुर्लाकाेटी, एलसिआइएफ एरिया लिडर लायन राजन लम्साल, काउन्सिल चेयरपर्सन लायन केशब पाण्डे, पिएमसिसि लायन दिपक श्रेष्ठ लगायतका बिशेष अतिथिकाे उपस्थिति रहने बताइएकाे छ ।

लायन्स क्लबका सदस्यहरुको लागि वार्षिक कन्भेन्सन एउटा महान पर्व भएको बताउँदै सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको डिष्ट्रिक्ट गर्भनर राजेन्द्र बाटाजुले जानकारी दिएका छन । ‘कन्भेन्सनकाे सबै तयारी सकिएको, सहभागी सदस्य र अतिथिज्यूहरु पोखरा आउने क्रम सुरु भएको छ’,उनले भने,‘ कन्भेन्सनले पोखराको पर्यटन प्रवर्धनमा पनि योगदान गर्नेछ।’

कन्भेन्सनको समुद्घाटन अघि शनिबार बिहान चिप्लेढुंगाको मानवअधिकार चोकमा भेला भई बाजागाजा सहितको र्याली सहित पोखरा सभागृहसम्म परेड आयोजना गरिने पनि उनले जानकारी दिए ।

पहिलाे कन्भेन्सनका कन्भेनर टीकाराम सापकोटाले पनि कन्भेन्सन भव्य बनाउन कुनै कसर बाँकी नराखिएको बताए । ‘प्रथम कन्भेन्सन सम्पन्न गर्न हामीले २१ वटा विभिन्न विषयगत उपसमिति बनाएका छौँ, सबै उपसमितिहरुले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको छ’,उनले भने,‘ हाम्रो डिष्ट्रिक्ट ३२५ के मा आवद्ध १५७ वटा क्लबका सदस्यहरु सबै उत्साहित हुनुहुन्छ ।

पोखरामा हुने यो कन्भेन्सनले तत्काल कोभिड १९ को संक्रमणबाट तंग्रिँदै गरेको पोखराको पर्यटनलाई प्रत्यक्ष लाभ पुर्याउनेछ । कालान्तरमा पोखरा र गण्डकी क्षेत्रको आन्तरिक र वाह्य प्रवर्धनमा विशेष योगदान दिनेछ भन्ने हामीले ठानेका छौँ ।’

प्रथम कन्भेन्सनको रजिष्ट्रेसन समितिका संंयोजक बसन्त गिरीका अनुसार सम्मेलनमा सहभागिताको लागि नाम दर्ता हुने क्रम अझै जारी रहेको छ । को–कन्भेनर श्यामकृष्ण श्रेष्ठका अनुसार प्रथम कन्भेन्सनको पूर्वसन्ध्यामा हुने परेडमा लाखे नाच, पञ्चेबाजा पनि समावेश गरिएको छ । ‘नेपाली मौलिक परम्पराको प्रवर्धन गर्न परेडमा लाखे र पञ्चेबाजा समावेश गरेका हौँ’,उनले भने ।

डिष्ट्रिक्ट गर्भनर राजेन्द्रकुमार बाटाजुका अनुसार शनिवार सम्पन्न हुने प्रथम कन्भेन्सनले लायन वर्ष २०२३-०२४ का लागि नयाँ नेतृत्व चयनसमेत गर्नेछ । लायन वर्ष २०२३-०२४ का लागि डिष्ट्रिक्ट गभर्नरमा लायन सुचित्रा थापा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन निरा बज्राचार्य र द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन दुर्गाप्रसाद हुमागाईंको ताेकिएकाे बिधि अनुरूप आधिकारिक उम्मेदवारी दर्ता भएको नाेमिनेशन कमिटि चेयरपर्सन लायन कृष्णमाेहन श्रेष्ठले जानकारी दिएका छन् ।

तीनै जना उमेद्वारका अरु प्रतिस्पर्धी हुनुहुन्न’,उनले भने, लायनहरु विधिमा विश्वास गर्छन्, निर्वाचन भनेको विधि हो र उहाँहरु त्यसको लागि मैदानमा आउनुभएको हो’ उहाँहरुले निर्वाचन मार्फत् सत्प्रतिशत मत प्राप्त गर्ने गर्भनर बाटाजुले बताए ।

डिष्ट्रिक्ट गभर्नर तथा भाइस डिष्ट्रिक्ट गभर्नरका उमेद्वारहरू लायन सुचित्रा थापा, लायन निरा बज्राचार्य र लायन दुर्गाप्रसाद हुमागाईंले सम्पुर्ण लायन्सहरूसँग एस भाेटकाे अपिल समेत गरेका छन् । स्मरण रहोस नेपालमा हालसम्म कृयाशिल १५ वटा डिष्ट्रिक्ट मध्य लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपाल निकै नै चलायमान र शक्तिशाली मानिन्छ ।

डिष्ट्रिक्ट गभर्नर र भाइस गभर्नरका उमेद्वारहरूः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार