काठमाडौंः उपराष्ट्रपति निर्वाचनमा मतदान कार्य सकिएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले दिउँसो ३ बजेसम्म संघीय संसद्का ३ सय ११ सदस्य र प्रदेश सभाका ५ सय १८ सदस्यले मतदान गर्नुभएको जानकारी दिनुभयो ।
नेपालको संविधानको धारा ६२ मा राष्ट्रपति निर्वाचन सम्बन्धमा सङ्घीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया