काठमाण्डौः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सरकार असफल भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले खुलेआम राष्ट्र विरोधी, देशद्रोही कुरा गरेर हिडिँरहदा पनि सरकारले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न नसकेको बताए ।
उनले एमाले सरकार छाडेपछि मुलुकको अर्थतन्त्र, सामाजिक र राजनीतिक अवस्था तहसनहस भएको बताए ।ओलीले अहिले ऊर्जा व्यापार भन्दा पनि स्वदेशमा नै अत्याधिक खपतमा ध्यान दिनुपर्ने बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया