कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिदैः ११ दल पक्षमा, ३ दल विपक्षमा

नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् ।

नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको हुन । संविधान जारी भए पछि पहिलो पटक एकै कार्यकालमा दोस्रोपटक विश्वासको मत लिन लागेको यो पहिलो घटना हो ।

विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डलाई १० दलले समर्थन जनाउने यसअघि नै घोषणा गरेका छन, आइतवार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने जनाएपछि दलको संख्या ११ पुगेको छ ।

जसअनुसार १० दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहलगायतले विश्वासको मत दिने जनाएका हुन । उता, गठबन्धन बाहिरको रास्वपाले पनि विश्वासको मत दिने आइतवार निर्णय गरिसकेको छ ।

यसैगरी, नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारेमा कुनै निर्णय लिएको छैन । सम्भवतः  यी दल विपक्षमा रहने छन् ।

संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि २६ पुसमा संसद्को विश्वास लिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
२०८३ कार्तिक २०, शुक्रबार
आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना
२०८३ कार्तिक २०, शुक्रबार
तिथिको घटबढले यस वर्ष तिहार ६ दिनको, मिथिलामा आज धनतेरस
२०८३ कार्तिक २०, शुक्रबार
एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली तथा चितवन र पोखरा भिड्दै
२०८३ कार्तिक २०, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको बिक्रीदर १५१.४७ रुपैयाँ
२०८३ कार्तिक २०, शुक्रबार
आज शुक्रबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक २०, शुक्रबार
यू-१९ महिला बेल्ट एन्ड रोड सिरिजमा नेपालको शानदार जित, हङकङ ९२ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार