काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा दरबारको अवलोकन गरेका छन्। राष्ट्रपति पौडेल विहान साँढे ९ बजे नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा गएका थिए । फागुन २५ गते राष्ट्रपति निर्वाचित भएपछि पहिलो पकट पौडेल गोरखा दरबारको अवलोकन गर्न पुगेका छन्।

राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गरेका छन् । उनीसँगै गोरखा १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाई पनि गोरखा गएका छन्। पौडेलले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकनसमेत गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया