वैशाख ८, २०८१ शनिबार April 20, 2024

‘बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइदेउन्’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइदेउन्’ सार्वजनिक भएको छ । गीतमा नरेन, सुरक्षा र बिराज विष्टबीचको त्रिकोणात्मक प्रेमलाई देख्न सकिन्छ ।

सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा सङ्गीत रहेको गीतमा बादल थापाको स्वर छ । टोपेन्द्र विष्टले निर्माण गर्नुभएको फिल्मलाई लक्ष्मण सुनारको निर्देशन छ ।

फिल्ममा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईं, प्रकाश कँडेल र सरस्वती खत्रीको अभिनय छ ।

फिल्ममा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । वैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गर्नुभएको हो भने फिल्ममा राजबहादुर सानेको कथा छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया