वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

‘ठिटो झापाको’ म्यूजिक भिडियोमा आशिष र शनिशाको रोमान्स (भिडियो)

गायक आशिषसँगै मोडल शनिशा भट्राईको अभिनय देख्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लोकप्रिय गायक आशिष सचिनको नयाँ गीत ‘ठिटो झापाको’ भिडियो रिलिज गरिएको छ । सँधै झै आफ्ना सृजनाहरुमा नयाँ पना दिँदै आएका गायक आशिषले यस पटक पनि आफ्नो भिन्न शैलीलाई ‘ठिटो झापाको’ मार्फत दिएका छन् ।

जसमा गायक आशिषसँगै पछिल्लो समय लोकप्रियता हाँशिल गर्दै गएकी समुधुर स्वरकी धनी गायिका अनु चौधरीको स्वर रहेको छ । पर्यटकी नगरी इलाम र झापामा ३ दिन लगाएर छायांकन गरिएको सार्वजनिक गीतमा गायक आशिषसँगै मोडल शनिशा भट्राईको अभिनय देख्न सकिन्छ ।

शनिशा पछिल्ला दिनमा धेरै माग भएकी मोडल हुन् । गहिरो प्रेममा परेको एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक शान थापाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । जसमा प्रेमीकाले आफ्नो प्रेमी आफ्ना लागि सबथोक भएको र उ आफ्ना लागि माया भन्दा पनि बानी परीसकेका कारण छाड्न नसक्ने भन्दै गरेको बिद्रोहलाई भिडियोमा देखाइएको छ ।

सन्तोष सुनुवारको शब्द तथा संगीत रहेको ठिटो झापाकोमा एनमोक्सको एरेन्ज रहेको छ । अनिल के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो ओएसआर डिजिटलले बजारमा ल्याएको हो । भिडियो ओएसआर डिजिटलले निर्माण गरेको हो ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया