बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

काँग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँः राष्ट्रियसभा नेपाली काँग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन भएकी छिन् । काँग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज उनलाई मनोनयन गरेको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

सभापति देउवाले पार्टीको संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को दफा १३ को उपदफा (२) बमोजिम उनलाई राष्ट्रियसभा संसदीय दलको सचेतकमा मनोनयन गरेको हो । यसअघि राष्ट्रियसभामा काँग्रेस संसदीय दलको सचेतक रहेका सांसद सरिता प्रसाईको गत फागुुन १९ गते राष्ट्रियसभामा दुई वर्षे कार्यकाल समाप्त भएपछि उक्त पद रिक्त थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया