वैशाख ११, २०८१ मंगलबार April 23, 2024

‘हेरेको तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

'हेरेको तिमीलाई' म्युजिक भिडियोमा सिम्पल र कुन्साङको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लोकप्रिय गायिका एवम् मोडल सिम्पल खरेल र मोडल कुन्साङ बोम्जन अभिनीत ‘हेरेको तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा लोकप्रिय गायिका मिलन नेवारको सुमधुर स्वर रहेको छ । प्रेमिल शैलीको गीतमा विष्णुबाबु देवकोटाको शब्द, लोकप्रिय सङ्गीतकार टिका दाहालको सङ्गीत छ । गीत राहुल प्रधानको संगीत संयोजनमा तयार भएको हो ।

उत्तम हुमागाईँले छायाङ्कन गर्नुभएको भिडियोलाई हरि हुमागाईँले सम्पादन गर्नुभएको हो र भिडियो सिम्पल खरेलको निर्देशनमा तयार पारिएको हो ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया