चैत्र १६, २०८० शुक्रबार March 29, 2024

चलचित्र ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक (भिडियो)

विकास आचार्य र विष्णुमणि दाहालले निर्माण गर्नुभएको फिल्म वैशाख १ गते प्रदर्शन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फिल्म ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडलाई सांगीतिक शैलीमा प्रस्तुत गरिएको छ ।

ट्रेलरमा डेब्यु अभिनेता आशिर्वाद क्षेत्री र आँचल शीर्ष भूमिकामा देखिनुभएको छ । विकास आचार्यको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीसहित अन्य बाल कलाकारहको अभिनय देख्न सकिन्छ ।

विकास आचार्य र विष्णुमणि दाहालले निर्माण गर्नुभएको फिल्म वैशाख १ गते प्रदर्शन हुने तयारीमा छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया