चैत्र १५, २०८० बिहिबार March 28, 2024

सातौँ पटक मन्त्रिपरिषद पुर्नगठन, मन्त्रिपरिषद् भने अझै अपूर्ण

आफैंले दुई पटक विश्वासको मत लिइसकेका दाहालले शुक्रबार सातौँ पटक पुनर्गठन गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौँ पटक मन्त्रिपरिषद पुर्नगठन गरेका छन् । उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले तीन महिनामै सातौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। आफैंले दुई पटक विश्वासको मत लिइसकेका दाहालले शुक्रबार सातौँ पटक पुनर्गठन गर्दा पनि मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन ।

पुस ११ मा प्रधानमन्त्रीको शपथ लिएसँगै दाहालले त्यसपछि दोस्रो पटक माघ ३, तेस्रो तथा चौथो पटक १४ र २३, माघमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। उनले त्यसपछि १४ र १६ फागुनमा पनि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।

प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि अझै ५ वटा मन्त्रालय उनैसँग रहने भएका छन्। गठबन्धनमा भागबन्डाअनुसार ८ वटा मन्त्रालय पाएको कांग्रेसले शपथकालागि चारजनाको नाम मात्रै पठाएको छ ।

त्यसैगरी माओवादीले ५ वटा मन्त्रालय पाएको छ। उता दुई मन्त्रालय पाएको नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री हुँदैछन्। दुई नै मन्त्रालय पाएको जनता समाजवादी पार्टीले अशोक राईलाई मात्रै सरकारमा पठाएको छ। राजकिशोर यादव र प्रदीप यादवको नाममा विवाद भएपछि राईले मात्रै शुक्रबार शिक्षा मन्त्रीको शपथ लिँएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार