वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रोपटक लिए विश्वासको मत

मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको थियो भने बिपक्षमा १ मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक प्रदेशसभामा विश्वासको मत पाएका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको मतबिभाजनका क्रममा मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको थियो भने बिपक्षमा १ मत परेको थियो।

शर्मालाई राप्रपा बाहेकका सबै दलका सांसदले विश्वासको मत दिएका थिए। शर्माको पक्षमा ३८ मत परेपछि कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले विश्वासको मत प्राप्त भएको घोषणा गरे।

प्रदेश सभामा राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया