जेठ २०, २०८० शनिबार June 3, 2023

‘सेल्फी मोबाइल’मा रोशन र प्रिज्माको रोमान्स (भिडियो)

लोकप्रिय गायक किरण गजमेर र चर्चित गायिका अस्मिता अधिकारीको स्वर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : गीतकार ज्ञानेश्वर तिवारीको सेल्फी मोबाइल बोलको गीतको भिडियो सार्वजनिक भएको छ। संगीतकार दीपक शर्माको संगीत रहेको सेल्फी मोबाइलमा पछिल्लो समयका लोकप्रिय गायक किरण गजमेर र चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। जसमा नरेन्द्र बियोगीको एरेन्ज रहेको छ।

नृत्य शैलीको गीतमा जोडीको प्रेमालाप देख्न सकिन्छ। चर्चित टिकटक स्टार सुधीर श्रेष्ठ, मोडल रोशन केसी, जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको रोमान्टिक गीतको भिडियोको निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक माधव शर्माले  गर्नुभएको हो।

भिडियोको छायांकन नवराज उप्रेतीले गर्नुभएको हो सम्पादन मिलन श्रेष्ठले मेहनत गर्नुभएको छ। सन्तोष राजवाहकको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया