कार्तिक २९, २०८३ आइतबार November 15, 2026

मिटर ब्याज पीडितको समस्या समाधान हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

मिटर ब्याज पीडितहरूको समस्या समाधान र न्याय दिलाउनेमा सरकार प्रतिबद्ध रहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर ब्याज पीडितको समस्या समाधान गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नलाई जवाफ दिनुहुँदै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले मिटर ब्याज पीडितहरूको समस्या समाधान र न्याय दिलाउनेमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सांसदहरुले उठाएको प्रश्नले मिटर ब्याज पीडितहरू समस्या समाधान गर्न सरकारलाई थप बल पुगेको र सबैलाई यस विषयमा सहयोग गर्न अपिल गर्नुहुँदै उहाँले पीडितहरूको उजुरी लिने र छानविन गरि न्याय दिलाउने पक्षमा सरकार तयार रहेको र मिटर ब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउन काम सुरु गरेको बताउनुभयो ।

मिटर ब्याज पीडितहरूको समस्यालाई अनुसन्धान मार्फत सरकारले उनीहरुलाई न्याय दिलाउने संसदमा उहाँले जवाफ दिनुभएको छ ।

शोषण गर्ने मिटर ब्याजीहरुलाई सरकारले संरक्षण नगर्ने र त्यो पीडाबाट मुक्त गर्ने सरकारले सामाजिक, आर्थिक रूपान्तरण प्रक्रियालाई अगाडी बढाउने एवं समृद्धिको यात्रालाई तीव्र पार्न जनताको समस्या समाधान गर्न राष्ट्र सहमति हुनु जरुरी रहेको उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठको भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार