काठमाण्डौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवन क्षेत्र नं २ मा उम्मेदवारी कायम रहने भएको छ।
सभापति लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनी विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चैत २१ गते चार वटा उजुरी दर्ता भएको थियो।
बैशाख १० गते हुन लागेको चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवारी दिएका लामिछाने विरुद्ध राष्ट्रिय जनमोर्चा, युवराज सफल, सन्तोष थापा र शिवहरी सुवेदीले उजुरी दिएका दिएका थिए।
युवराजको निवेदनको हकमा स्पष्टीकरण माग गरिएको र अन्य तीन निवेदन उपर आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने कारण नदेखिएकाले लामिछानेको उम्मेदवारी कायम रहने निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया