असार ५, २०८३ शुक्रबार June 19, 2026

भारतको तिहाड जेलबाहिर ‘मलाई जेल हाल’ भन्दै लाग्याे लाइन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शुक्रबार दिल्लीको तिहाड जेल बाहिर एउटा अनौंठो दृश्य देखियो ।

जेल जानका लागि आत्मसमर्पण गर्न आएका कैदीहरूको लामो लाइन मात्रै देखिएन कि जेल भित्र जानका लागि एक आपसमा तछाड मछाड गरेको दृश्य पनि ढोका देखियो । मानौं कारागारमा सबैभन्दा पहिले को प्रवेश ? गर्ने भन्नेमा कैदीबन्दीहरुको बीचमा प्रतिस्पर्धा चलिरहेको छ ।

वास्तवमा कोरोना महामारीका बेला सर्वोच्च अदालतको आदेशमा ४ हजार ६८३ कैदी रिहा भएका थिए । जसमा ११ सय ८४ कैदी सजाय पाएका थिए भने अन्य बिचाराधिन कैदी थिए । कोरोना महामारीमा बाहिर आउन पाएका मध्ये अधिकांश कैदीले अहिलेसम्म कारागारमा फर्केर गएका थिएनन ।

तर, गत फागुन २४ गते भारतीय सर्वोच्च अदालतले जेलबाट बाहिर आएका सबै कैदीलाई समयसिमा नै तोकेर १५ दिनभित्र जेलमा आत्मसमर्पण गर्नुपर्ने आदेश दियो । अदालतका आदेश अनुसार यसरी आत्मसमर्पण गर्ने अन्तिम दिन चैत २५ गते रहेको थियो । त्यसैले आत्मसमर्पण गर्ने अन्तिम मिति अर्थात चैत २५ गते तिहाड जेलको बाहिर कैदीहरुको लस्कर लागेको हो । उनीहरु बिच को पहिला जाने भन्नेमा सामान्यसम्म झगडासमेत भएको इन्डिया टिभीले जनाएको छ ।

अहिलेसम्म १ हजार ७६८ कैदीले आत्मसमर्पण गरिसकेका छन् । यद्यपि अझै धेरै कैदी आत्मसमर्पण गर्न नपुगेकाे भारतीय मिडियाहरूले जनाएका छन्  ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार