काठमाडौं : काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।
एयर डाइनास्टीको ९ एनएजेडी हेलिकोप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा दुर्घटना हुँदा हेलिकप्टरमा सामान्य क्षति पुगेको छ ।
हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको बताइएको छ । तर मानवीय क्षति भने नभएको अस्पताल स्रोतले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया