काठमाडौंः क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिक जबर्जस्तीकरणी मुद्दामा पीडितको स्वास्थ्य परीक्षण मुख्य चिकित्सक नभई सहायक चिकित्सकले चेकजाँच गरेको खुलासा भएको छ ।
पीडितको स्वास्थ्य परीक्षण सहायक चिकित्सकले गरेको बकपत्र खुलेपछि आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई नै झिकाउनू’भनी आदेश दिएको हो ।
गौशाला २६ को स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको ठाउँमा अर्को चिकित्सक आएर साक्षी बकपत्र गरेको भेटिएको थाहा भएपछि इजलासले सम्बन्धित चिकित्सक नै बोलाएर बकपत्र गराउनु भन्ने आदेश जारी गरेको छ ।
अदालतले सरकारी साक्षीहरु साहब आलम र अनिष श्रेष्ठलाई समेत झिकाउन आदेश दिएको छ । साथै, आलमको बकपत्र लिन छुटेको भन्दै न्यायाधीशले उनलाई पनि अदालतमा उपस्थित गराउन भनेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया