श्रावण ११, २०८३ सोमबार July 27, 2026

मिटरब्याज पीडितको दोस्रो समूहसँग आजदेखि वार्ता सुरु

१८ जिल्लाका संयोजक रहने गरी १९ जनाको आजै वार्ता टोली गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारी वार्ता टोलीले आजदेखि मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग वार्ता सुरु गरेको छ । शान्तिबाटिकास्थित मिटरब्याजी पीडित रहेको स्थानमा पुगेर आज पहिलो चरणको वार्ता गरिएको सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

“आज दुवै तर्फका वार्ता टोलीबीच परिचय भयो, भोलि १० बजे गृह मन्त्रालयमा वार्ता गर्ने सहमति भएको छ, कोइरालाले भन्नुभयो, “दुवै पक्ष पीडितकै तर्फबाट कसरी समस्या समाधान गर्न सकन्छि भन्नेमै रहेकाले प्रक्रिया कसरी अघि बढाउने भन्ने विषय मुख्य छ ।”

यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँच बुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित सङ्घर्ष समितिले छ बुँदे माग राखेका छन् । उनीहरुले १८ जिल्लाका संयोजक रहने गरी १९ जनाको आजै वार्ता टोली गठन गरेका थिए ।

मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरु विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागार गएकाको रिहाइ बैंकिङ कसुरका मुद्दा खारेज तथा मिटरब्याजीको सम्पत्ति छानबिन लगायतको माग आफूहरुको रहेको सङ्घर्ष समितिका संयोजक अवदेश कुशवाहले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
२०८३ श्रावण ११, सोमबार
सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय
२०८३ श्रावण ११, सोमबार
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
२०८३ श्रावण ११, सोमबार
जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…
२०८३ श्रावण ११, सोमबार