काठमाण्डौः भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले नेपाल भ्रमणमा आउने भएका छन् ।
चौथाइवाले एक कार्यक्रममा सहभागी हुन आइतबार नेपाल आउन लागेका हुन् । सडक मार्ग हुँदै साँझ नेपाल आउन लागेका चौथाइवाले धनगढीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।
भारतको अन्तर्राष्ट्रिय सहयोग परिषद् (एआरएसपी) र नेपाल–भारत सहयोग मञ्च (नेपाल)को आयोजनामा शनिवारदेखि धनगढीमा ‘मानस खण्ड’ नामको कार्यक्रम भइरहेको छ । उनी सो कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया