काठमाडौंः नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पदभार ग्रहण गरेका छन् ।
उनले सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने प्रतिक्रिया दिए । साउद आजै मात्रै परराष्ट्रमन्त्रीमा नियुक्त भएका हुन् ।
शितलनिवासको सपथ सकिएलगत्तै सिंहदरबारमा आएर पदभार गरेका मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी थाल्ने र त्यसको लागि भोलिबाटै छलफल गर्ने बताएका हुन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया