जेठ ५, २०८१ शनिबार May 18, 2024

स्थानीय तहले आफ्नो जिम्मेवारीभित्र पर्ने काम गर्दिनँ भन्न मिल्दैन  : हरिप्रभा खड्गी (अन्तवार्ता)

महानगर नेतृत्वले सबैसँग समन्वय गरेर अघि बढ्नुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संघीय सरकार र काठमाडौं महानगरबीचको तनाबलाई कसरी हेर्नुभएको छ ? 

यसरी निहुँ खोज्न मिल्दैन । सरोकारवाला पक्षसित सरसल्लाह गरेर अघि बढ्नुपर्छ । वर्तमान महानगर प्रमुखले किन यस्तो बाटो रोज्नुभयो, बुझ्न सकिरहेकी छैन । उहाँको यस्तो रबैयाले स्थानीय सरकारमाथि नै प्रश्न उठ्न सक्छ । यस विषयमा उहाँको गुनासो के हो, त्यसबारे छलफल गरेर अघि बढ्न सकिन्छ । हामी पूर्वजनप्रतिनिधि पनि यसमा सहयोग गर्न तयार छौँ । तर, महानगरको नेतृत्व त्यसका लागि तयार देखिँदैन ।

स्थानीय सरकारले यसरी आफ्नो जिम्मेवारीमा रहेको काम गर्दिनँ भन्न मिल्छ कि मिल्दैन ?

पटक्कै मिल्दैन । स्थानीय तहले काम गर्ने हो । संघ र प्रदेशले नीति, नियम बनाउने हो । त्यसैले स्थानीय तहले आफ्नो जिम्मेवारीभित्र पर्ने काम गर्दिनँ भन्न मिल्दैन । सायद पाको र खारिएको राजनीतिक नेतृत्व नहुनुको परिणाम पनि हो कि अहिलेको द्वन्द्व ? पक्कै पनि हामी सबैले महानगरको नेतृत्वलाई साथ दिनुपर्छ । यसका लागि हामीले पार्टीमा छलफल पनि गरेका छौँ । तर, त्यसका लागि माहोल त महानगर नेतृत्वले नै बनाउनुपर्छ ।

यो तनाब अन्त्य गर्ने विधि के हुन सक्छ ? 

महानगर नेतृत्वको समस्या के हो, बुझ्न सकिएको छैन । संघीय सरकारले सहयोग गरेन भने उसले प्रदेश सरकारलाई पनि गुहार्न सक्थ्यो । हामी पनि उसलाई सहयोग गर्न तयार छौँ । त्यसैले, महानगर नेतृत्वले सबैसँग समन्वय गरेर अघि बढ्नुपर्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छ : उपाध्यक्ष पाण्डे
२०८१ जेठ ५, शनिबार
न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन् : प्रधानन्यायाधीश
२०८१ जेठ ५, शनिबार
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति
२०८१ जेठ ५, शनिबार
संसदको गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा
२०८१ जेठ ५, शनिबार
डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
२०८१ जेठ ५, शनिबार
प्रदेश सभा बैठक : विशेषाधिकार समिति गठन
२०८१ जेठ ५, शनिबार
व्यक्ति केन्द्रित संसदीय समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल
२०८१ जेठ ५, शनिबार