काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महतले उर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
उर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले यस्तो बताएका हुन् । गर्दै महतले उर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे पनि चर्चा गरेका छन् । सम्मेलनको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए ।
ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएको डा. महतको भनाई छ । निजी क्षेत्रबाट ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर मात्र नभई विदेशमा विद्युत् निर्यात गर्न थालेको उनले बताए ।
यसले ऊर्जामा लगानीकर्तालाई आकर्षित समेत गरेको मन्त्री डा महतको भनाइ थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया