काठमाडौं : आंशिक मौसम बदली भइ आज देशको पश्चिमी तथा पूर्वी पहाडी भू-भागका केही स्थानमा हल्का तथा क्षणिक वर्षा हुनेछ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव कायमै छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थान तथा वाग्मती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ।
राति मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने महाशाखाको पूर्वानुमान छ ।
भोलि (शुक्रबार) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा वाग्मती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरी चल्नेछ ।
राति पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ भने लुम्बिनी, मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने महाशाखाको पूर्वानुमान छ ।
शनिबार कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षा हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया