कार्तिक २९, २०८३ आइतबार November 15, 2026

राष्ट्रिय योजना आयोगमा तीन सदस्य थपिए

अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा. डा. आरपी विछा र प्रभु बुढाथोकी सदस्य पदमा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्ति गरेको छ। अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा. डा. आरपी विछा र प्रभु बुढाथोकीलाई शुक्रबार राष्ट्रिय आयोगको सदस्य पदमा नियुक्ति दिइएको हो।

नवनियुक्त आयोग सदस्य डा. रमेशचन्द्र पौडेल त्रिविको अर्थशास्त्र विभागका सहप्राध्यापक हुन्। उनले अस्ट्रेलिया नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। यस्तै आरपी विछा र प्रभु बुढाथोकी लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यक्ति हुन्।

पौडेल र विछाले शुक्रबारै पदको शपथ खाइसकेका छन् भने बुढाथोकी हाल काठमाडौं उपत्यकाबाहिर रहेकाले उनले शपथ खान बाँकी छ। यसअघि सरकारले आयोगका उपाध्यक्षमा अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठ तथा सदस्यमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको छ।

आयोगको अध्यक्ष भने प्रधानमन्त्रीले गर्ने व्यवस्था छ। तीन सदस्य थपिएसँगै आयोगले पूर्णता पाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार